एलिना चौहानकाे स्वरमा ‘चोर हो तिमी’ सार्वजनिक

काठमाडौं । गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा हरि थापाको शब्द संगीतमा तयार पारेका छन् ।
यस गीतको भिडियोमा पुष्कर राउत, श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन् । सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक सम्वेदनालाई चित्रण गरिएको छ ।
गीतको भाव अनुसार नै निर्देशकले भिडियो निर्माण गरेका छन् । यस गीतको भिडियोमा बाल कलाकार युवन तिवारीको पनि अभिनय देख्न सकिन्छ ।
देव जोरीले छायांकन गरेको भिडियोमा देव महर्जनको द्वन्द छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । भिडियोलाई मिरन कुमार पोखरेल निर्माण गरेका हुन् ।