‘जदौ’मा ऋचा शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘जदौ’ कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले हालै अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ ।

मुकुन भुसालपछि केही दिनअघि नीति शाह अनुबन्धीत भसकेकी छन् । केही प्रमुख कलाकार अझै बाँकी रहेको बताइएको छ ।

काजी लिम्बूको लेखन तथा निर्देशन रहेको फिल्म ‘जदौ’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ ।

चलचित्रकबो सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् ।