‘भाइटीका’मा रेखा थापाको प्रवेश, विपीनको बहिनीको भूमिका

काठमाडौं । चलचित्र ‘भाइटीका’मा रेखा थापा अनुबन्धित भएकी छन् । उनी यो चलचित्रको शीर्ष भूमिकामध्ये एकमा अनुबन्ध भएकी हुन् ।
अभिनेता विपीन कार्कीको बहिनीको भूमिकामा रेखा ‘भाइटीका’मा अनुबन्ध भएकी निर्माण टिम स्रोतले जानकारी दिएको छ । निर्माता रोहित अधिकारीले भने यसबारे केही बोल्न मानेनन् ।
रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा विपीन अनुबन्ध भइसकेका छन् । विपीन कार्की यो सिनेमामा सेयरमा बसेका छन् । कथा मन परेकाले उनी पहिलोपटक सेयरमा बसेको स्रोतले बताएको छ ।
यो चलचित्र २०८३ को तिहारको ११ दिन अगाडि रिलिज हुनेछ ।
रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहने ‘भाइटीका’लाई दीपक वलीले निर्देशन गर्नेछन् ।
महेश दवाडीले सिनेमाको कथा लेखेका छन् । चलचित्रमा शम्भुजित वास्कोटाको संगीत रहनेछ । चलचित्रले तिहारसँग जोडिने दाजुभाइ र दिनीबहिनीको कथा भन्ने बताइएको छ ।
रोहित अधिकारीको यो पाँचौं फिल्म हो । अहिले उनले ‘माइतीघर’ निर्माण गरिरहेका छन् । ‘माइतीघर’ यही दसैँको फूलपातीमा रिलिज हुँदैछ ।