‘प्रसाद–२’को मुद्दामा सुवास दोषी ठहर, के थियो विवाद ?

काठमाडौं । चलचित्र ‘प्रसाद’ र ‘प्रसाद–२’ का निर्माता सुवास थापा ६२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका छन् । केशव पाण्डले दायर गरेको रिटमा थापा दोषी ठहर भएका हुनु ।
काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै थापाले चलचित्र निर्माणको नाममा रकम उठाएर सह–निर्माता पाण्डेलाई चेकमार्फत फिर्ता गर्न खोजे पनि चेक बाउन्स भएको भन्दै दोषी ठहर गरेको हो ।
पाण्डेलाई सहनिर्माता राख्ने भन्दै उनीसँग पैसा उठाएका थापाले उनलाई निर्माता बनाएका थिएनन् । यो थाहा पाएपछि पपाण्डेले थापासँग पैसा फिर्ता मागेका थिए । तर, चेक बाउन्स भएको थियो ।
थापाले चलचित्र रिलिज भएपछि पैसा दिने थापालाई आश्वासन दिए पनि हल रिलिजमा चलचित्र असफल भएको थियो । यो सिनेमाको विवाद पारिश्रमिकमा पनि भएको थियो ।
विपीन कार्की पोखरा पुगेर कुरा नमिले पछि फर्किएका थिए । त्यसपछि निर्माता संघमा उजुरी पुगेपछि सिनेमा छायांकनमा गएको थियो ।
०७९ चैत २४ मा रिलिज हुने भनिएको यो चलचित्र विवादकै कारण पछि मात्रै रिलिज भएको थियो । केशव पाण्डेले विवाद समाधान नहुँदासम्म चलचित्रको रिलिज रोक्न माग गर्दै अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए ।
उच्च अदालत पाटनले तत्काल चलचित्र रिलिज नगर्न आदेश दिएको थियो ।
सुवास पुरानै निर्माता थिए भने चलचित्रका लागि पाण्डे नयाँ थिए । पाण्डेले पहिलोपटक चलचित्रमा लगानी गर्दै थिए । त्यसैले फिल्डको हिसाबकिताबको जिम्मा सुवासलाई छोडेका थिए । सिनेमा छायांकनमा जाने भएपछि पाण्डेले दुई किस्तामा पैसा पठाएका थिए । कम्पनी अकाउन्टबाट ३० लाख र पर्सनल अकाउन्टबाट साढे ३२ लाख रुपैयाँ पठाएका थिए ।
सुवासले ५० लाख रुपैयाँ लगानी गर्छु भनेका थिए । उनले उक्त रकम कलाकारलाई दिएको बताएका थिए । पाण्डेले पनि ५० लाख लगानी गर्ने सहमति थियो । तर, सुवासले पैसा छैन, नपुग्ने भयो भनेपछि आफूले थप्दै गएको पाण्डेले बताएका थिए ।
हिसाब माग्दा सुवासले आफूले दिएको ५० लाखको हिसाब पनि बुझाउन नसकेको पाण्डेले बताएका थिए । त्यसपछि आफ्नो नाममा फिल्म ल्याउँछु अथवा मेरो पूरै पैसा फिर्ता गर्नुस् भन्दा सुवासले नमानेपछि पाण्डे अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए ।