सुटिङमा पुगेपछि किन बाहिरिइन् उपासना ?

काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी निर्देशक तथा निर्माता मिलन चाम्सको निर्देशनमा बेलायतमा छायांकन भइरहेको चलचित्र ‘सुम्निमा’बाट बाहिरिएकी छिन् ।
यो चलचित्रको शीर्ष नायिका रहेकी उपासनाले बेलायत पुगेपछि निर्माण टिमसँग केही विषयमा असमझदारी भएपछि आपसी सहमतिमै प्रोजेक्ट छाडेको बताएकी छन् ।
बेलायत आएपछि केही कुरा नमिलेको र सल्लाह गरेरै चलचित्र नगर्ने निर्णय लिएको अभिनेत्री उपासनाले केही सञ्जार माध्यमलाई जानकारी दिएकी छन् ।
उपासना बाहिरिए पनि फिल्मको छायांकन भने चलिरहेको छ । निर्माण पक्षले उनको स्थानमा अर्की नायिका राख्ने तयारी गरिरहेको बुझिएको छ, तर हालसम्म नयाँ अभिनेत्रीबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।
चलचित्र ‘सुम्निमा’मा कुन्साङ बोमजोम, अंकित पाख्रिन लामा, अनुप विक्रम शाहीको प्रमुख भूमिका रहने रहनेछ । कुन्साङ अहिले बेलायतमै रहेर छायांकनमा व्यस्त छन् ।
‘सुम्निमा’ मार्फत अंकित पाख्रिनले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।
निर्देशक मिलन चाम्सले भने यस विषयमा अझै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण हुने भएको छ ।
प्रेमकथामा आधारित चलचित्रको कथा तथा पटकथा राजीव थापाले लेखेका छन् ।