सनिशा र आशिर्वाद को ‘भो नबोलाउ मलाई’

काठमाडौं । आशिर्वाद क्षेत्री र सनिशा भट्टराई अभिनित ‘भो नबोलाउ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए । उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ गरे । यो गीतलाई स्रोता तथा दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्दै निर्मण टिमलाई बधाई दिए ।

यो गीतको एरेन्ज बाबुल गिरीले गरेका छन् । पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेञ्ज गरेका छन् ।

दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आदिर्वादको केमेष्ट्री मिलेको देख्न सकिन्छ । गीतको भिडियो रिलिज कार्यक्रममा उपस्थित भएकी सनिशाले अभिनेता क्षेत्रीको खुबै तारिफ गरिन् । उनले भनिन्,‘एकदमै राम्रो हुनुहुन्छ। एक्टिङ पनि राम्रो गर्नुहुन्छ,मैले उहाँको चलचित्र पनि हेरेको छु। फ्युचरमा उहाँसँग अझैँ धेरै काम गर्न मन छ।’

गीतलाई राजेश शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन् । प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन भने छायांकन उत्तम हुमागाईंले गरेका हुन् । त्यसै गरि गीतको भिडियोको रंग संयोजन प्रकाश मानन्धरको छ।

यो गीतलाई निर्माण पक्षले छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन, अमेजन प्राइम म्युजिकमा रिलिज गर्ने जानकारी दिएको छ ।