‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत सार्वजनिक भएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा आशिस अविरल र मेलिना राईको स्वर छ ।
धनबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतले प्रेमीले युवतीलाई फकाउन गरेको प्रयासलाई उजागर गरेको छ । यता, युवतीले प्रेमीको इमान्दारितामा गरिरहेको शंका छ ।
भिडियोमा हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्का छन् ।
चलचित्रमा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।
सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् ।