‘कुमारी’को गीत ‘कहाँ छौ’ युट्युबमा

काठमाडौं । चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ । गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो । यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो ।

गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ । यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ ।

दिनेश राउतले याे फिल्मकाे निर्देशन गर्दैछन् । मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन् । दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन् ।

चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।