‘जनै हराएको मान्छे’ हेरेर पूर्वमन्त्री महेश बस्नेतले के भने ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ नेपाली ग्रामीण जीवनको कथा भन्ने सिनेमा भएको बताएका छन् ।
“सबैले भोगको कथा हो । ग्रामिण परिवेशको गरिब व्यक्तिले कति दुःख कष्ठ भोग्छ त्यो चलचित्रमा देखाइएको छ । बाच्नका लागि संघर्ष कति छ भन्ने कुरा देखाइएको छ,” बस्नेतले चलचित्र हेरेपछि भने, “जुन ढंगले कथा उठाइएको छ, धेरे भावुक छ । दाजुभाइ र दिदीबहिनीका कुरा, बुवाआमा र छोराछोरीका कूरा, सम्बन्धका कुरा जसरी जोडेर सिनेमा बनाउनु भएको यो, निकै राम्रो छ ।”
पछिल्लो समय पारिवारिक विछोडले डिप्रेसनलगात समस्या देखिएको भन्दै ‘जनै हराएको मान्छे’ हेर्नै पर्ने चलचित्र भएको उनले बताएका छन् । कलाकारको अभिनय पनि बेजोड रहेको बस्नेतले बताएका छन् ।
राम्रो वर्ड अफ माउथ पाएको चलचित्र अहिले दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।
आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनाइएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाएको छ ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।