पहिलो पटक नेपाली फिल्ममा गीत गाउँदै गायक महर्जन

काठमाडाैं । चलचित्र ‘झरीपछि को इन्द्रेणी’को  गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ । नेवारी गीत ‘ऐला लुवया’” सालगु गाचा ” बाट चर्चित गायक रोज मान महर्जन र गायिका रत्न शोभा महर्जनको स्वरमा रेकर्ड गरिएको छ ।

‘धन्य धन्य लोकेश्वर’ गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चलचित्रको भावनात्मक गहिराइ थपेको निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।

यस चलचित्रमा बालेनको एउटा विशेष गीत पनि समावेश गरिएको छ, जसले युवापुस्तामाझ उत्साह थप्ने विश्वास गरिएको छ ।

त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीतसमेत चलचित्रमा सुन्न पाइनेछ, जसले चलचित्रको संगीत पक्षलाई अझ बलियो बनाएको छ ।