बङ्गलामुखीमा शुभ मुहूर्त गर्दै सुरु भयाे ‘कुमारी’को छायांकन

काठमाडौं । चलचित्र ‘कुमारी’काे छायाङ्कन सुरु भएको छ । चलचित्रको औपचारिक शुभ मुहूर्त आज ललितपुरको बङ्गलामुखी मन्दिरबाट चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको साथै सुरु भएकाे हाे ।

‘कुमारी’ को दिनेश राउतले गर्दै छन् । सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ । यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन् ।

यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ ।