‘घुम्तीनीर लेट भयो’ गायिका गायिका इन्दिरा गोलेको निधन

काठमाडौं । लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । क्यान्सर रोगबाट ग्रस्त उनको निधन भएको हो ।

‘घुम्तीनीर लेट भयो’, ‘चागुनारायण थान’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायत उनको गीत लोकप्रिय थिए । २०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् ।