‘द प्रोफेस्नल गाइज’को टाइटल एनाउन्समेन्ट

काठमाडाैं । सिनेमा ‘द प्रोफेस्नल गाइज’को टाइटल एनाउन्समेन्ट कार्यक्रम सम्पन्न भएको छ । जेकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा चाँडै प्रदर्शनमा आउने संकेत निर्माण पक्षले गरेको छ ।
काठमाडौंको सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा यो सिनेमाको टाइटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सिनेमासँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सिनेमा प्रेमी दर्शकको उपस्थिति रहेको थियो ।
सिनेमाका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ हुन् । यो सिनेमाको सह-लेखक एवं सिर्जनात्मक निर्देशकमा अमन श्रेष्ठ रहेका छन् ।
सिनेमाको प्रदर्शन मिति, जनरा, कलाकार लगायत सिनेमासँग सम्बन्धित कौतुहलता आगामी दिनमा खुलाउँदै जाने निर्माण पक्षले जनाएको छ ।