‘अभिमन्यु : च्याप्टर–१’को प्रि–बुकिङ ओपन

काठमाडौं । चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को प्रि–बुकिङ ओपन भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु’को देशभरका अधिकांश हलमा प्रि–बुकिङ ओपन भएको हो ।

आफूले हेर्न चाहेको हल र शोमा दर्शकले टिकट किन्न सक्नेछन् । चलचित्र ‘अभिमन्यु’ले राम्रो हाइप बनाएको छ । ट्रेलर र गीत ‘लड्की गोरी’ले सिनेमाको राम्रो हाइप बनाएको हो ।

हाइप अनुसार चलचित्रको टिकट बिक्री हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ । या चलचित्र ब्लकबस्टर सिनेमा पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको चलचित्र हो ।

नेपालमा २७ गते रिलिज हुने चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ ।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।