‘जारी–२’को ‘अम्लारी फूल’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘जारी–२’ नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी फूल’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ । सुष्मा सिग्देलको शब्दरचना र संगीत सुशान्त गौतमको छ ।

असोज ३ गते रिलिज हुने चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । लेखक पनि निर्देशक स्वयं हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।