दशकपछि काजी र मैयाको जोडी फर्किंदै

काठमाडौं । नौ वर्ष अगाडि चलचित्र ‘कबड्डी’ रिलिज हुँदा यो चलचित्र मात्रै हिट भएन, यसका निर्देशक रामबाबु गुरुङले पनि नेपाली सिनेमा उद्योगमा दह्रो खुट्टो टेके । जसको अहिले कलाकारको जत्तिकै नाम छ ।
यो चलचित्रबाट रामबाबु मात्रै हिट भएनन्, उनले ‘कबड्डी’बाट राम्रो पैसा पनि कमाए । यति मात्रै पनि होइन ‘कबड्डी’बाट दयाहाङ राई र रिस्मा गुरुङको जोडी पनि हिट भयो । दयाहाङ काजीको भूमिकामा हुुँदा रिस्मा मैयाको भूमिकामा थिइन् । यो चलचित्रमा यी दुईको काजी र मैयाको जोडी दर्शकले औधी रुचाए, यो जोडी नोपली चलचित्र नगरीमा हिट भयो ।
काजी र मैयाको जोडी हिट हुँदा यसको अर्को सिक्वेल ‘कबड्डी कबड्डी’मा पनि काजी र मैयाकै जोडी बाँधियो । दर्शकले रुचाए ।
काजी र मैयाको जोडी रुचाइरहेकै बेला निर्देक रामबाबु गुरुङले ‘कबड्डी कबड्डी कबड्डी’मा काजीको जोडी बाँधिदिए उपासना सिंह ठकुरीसँग । ‘कबड्डी–४’मा काजीसँग जोडी बाँध्न आइपुगिन्, मिरुना मगर । रिश्मा भने छुटेको छुटै भइन् । काजी ‘कबड्डी’कै सिक्वेलमा अरू मैयासँग रमाउँदा रिस्मा भने घरजम गरेर अमेरिकातिर सरिन् । उनी उतै रमाउन थालिन् ।
अहिले दयाहाङ र मिरुनाको जोडी रुचाइएको छ । ‘कबड्डी–४’ पछि ‘जारी’, ‘घर ज्वाइँ’ र ‘नाङ्गो गाउँ’लगायत चलचित्रमा यो जोडी देखियो । यी चलचित्र व्यापारिक रुपमा पनि बक्सअफिसमा सफल हुँदा यो जोडी चम्कियो । अहिले दयाहाङ मिरुनाको जोडीलाई नेवाली चलचित्र उद्यागकै सर्वाधिक सफल सिने जोडी मानिन्छ ।
करिब नौ वर्ष पछि फेरि काजी र मैयाँ अथवा दयाहाङ र रिस्माको जोडी नेपाली चलचित्र उद्योगमा देखिँदै छ । तर, ‘कबड्डी’को सिक्वेलमा होइन ‘रिमै’मा ।
‘रिमै’ यही भदौ २० गते रिलिज हुँदैछ । यो चलचित्र रिलिज हुँदा दर्शकले मिस गरिरहेको काजी र मैयाको जोडीलाई हेर्न हल जालान् कि मिरुनासँगकै जोडी हेर्न चाहानेछन् रु यो चाहिँ २० गतेपछि नै थाहा हुनेछ । तर, यति बेला दयाहाङ र रिस्माको जोडीलाई पहिलाको जस्तै दर्शकले रुचाउँदै स्वागत गर्नेमा निर्माणपक्ष भने ढुक्क छ ।