फ्राइडे रिलिजमा आजबाट हलमा ‘रिमै’

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई र रिस्मा गुरुङ मुख्य भूमिकामा छन् । चलचित्रले सन्तोषजनक शो पाएको छ ।
खिल बहादुर गुरुङले निर्देशन गरेका छन् । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको पनि अभिनय छ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका छन् ।
वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत छ । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ ।