चलचित्र ‘धागो’को गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । कात्तिक २८ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने चलचित्रको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।
गायक पुष्पन प्रधान र आकांक्षा थापाको स्वर छ । शब्द र संगीत् पनि पुष्पन प्रधानकै छ ।
गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापालगायतका कलाकारहरू देखिएका छन् । कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
निर्देशक उदीप राना थापाका अनुसार नेपालमा युट्युबलगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो । भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ ।
उदिप राना थापाले यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ ।
‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो । यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् । जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन् । ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।