रचनाले भनिन्– जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ

काठमाडौं । तपाईंलाई थाहा छ, गायिका रचना रिमाल विवाहित हुन् वा अविवाहित ? पक्कै पनि धेरैलाई थाहा छ, उनी अविवाहित हुन् ।

उनको अफेयरबारे बेलाबेलामा गाइँगुईं हल्ला नचलेको पनि होइन । तर, उनले यसरी आउने हल्लामा सत्यता नरहेको भन्दै प्रतिवाद गर्दै आएकी छन् । कतिपय अवस्थामा त हल्ला गर्नेहरूविरुद्ध कानुनी उपचार खोज्ने पनि चेतावनी दिँदै आएकी छन् ।

तर, आज उनले आचनक सामाजिक सञ्जालमा लेखेकी छन्– जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ।

रचनाले यो आफ्नै फेसबुक वालमा स्टाटस चाहिँ लेखेकी हैनन्, कमेन्ट गरेकी हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्टाटसमा कमेन्ट गरेका हुन् ।

बालेनले लेखेको स्टाटसमा गरेको रचनाको कमेन्ट यतिबेला हिट भइरहेको छ । एक घण्टामा १३ सयभन्दा धेरैले लाइक गरेका छन् । रिप्लाइ गर्नेको वर्षा लागेको छ ।

‘यत्तिको चाहिँ दिनुपर्छ’ भन्नेदेखि ‘तिमीलाई म मायाँ गर्छु त’ भन्ने रिप्लाई धेरै देखिएका छन् ।

बालेनको स्टाटस के थियो, जसमा रचनाले यस्तो कमेन्ट गर्नुपर्यो ? बालेनको स्टाटस थियोे– डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माइ ट्रु लभ ।

जेनजीको आन्दोलनपछि केपी ओलीले राजीनामा दिएपछि जेनजीले बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, बालेनले अस्वीकार गरेपछि हर्क साम्पाङले बालेनलाई डरपोक भन्दै गाली गरेका थिए ।

बालेनले प्रधानमन्त्री बन्न नपाएपछि उनले बालेनलाई गाली गरिरहेपछि बालेनले हर्क साम्पाङलाई यस्तो स्टाटसमार्फत जवाफ दिएका हुन् । हर्क भने पाए प्रधानमन्त्री नै खाने योजनामा धरानदेपख काठमाडौं आएका थिए । प्रधानमन्त्री सुशीला कार्की भएपछि उनले गृहमन्त्रालय मागेका थिए । तर, त्यो पनि इमास्नल हर्क साम्पाङले पाएनन् ।

बालेनको यही स्टाटसमा रचनाले व्यंग्य गर्दै लेखेकी हुन्, जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ । उनको यही कमेन्ट अहिले बालेनको स्टाटसजस्तै हिट भइरहेको छ ।