आफ्नै ठाउँबाट शपथ लिन अभिनेत्री केकी अधिकारीको आह्वान

काठमाडौं । अभिनेत्री केकी अधिकारीले भ्रष्टाचारविरुद्ध दृढ प्रतिवद्धता जनाउँदै सन्देशमूलक अभिव्यक्ति दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत नागरिकलाई पनि आफ्नै ठाउँबाट इमान्दार र उत्तरदायी बन्न आह्वान गरेकी छन् ।
केकीले लेखेकी छन्, “आउनुस्, आज एउटा शपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी हाम्रा वीर सहिदहरु लडे, आज हामीले पनि संकल्प गर्नुपर्छ । घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं । हाम्रो त्याग र बलिदान खेर जान दिनुहुन्न ।”
अधिकारीले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको अनियमितता, घुसखोरी र जिम्मेवार निकायमा मौलाएको भ्रष्टाचारप्रति असन्तोष प्रकट गरेकी हुन् । उनको भनाइलाई धेरैले समर्थन जनाएका छन् भने सामाजिक सञ्जालमा उनका पोस्टहरू सेयर गर्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
हालै राजधानीलगायत देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध युवाले जेन्जी आन्दोलन गरेका थिए ।
नेपालमा सुशासन, पारदर्शिता र मानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले जनताले आफ्नो दैनिकीमा सानो इमान्दारीताबाटै भ्रष्टाचार अन्त्यतर्फ कदम चाल्न सक्ने विश्वास व्यक्त गरेकी छन् ।
सच्चा नागरिकको संकल्पबाट मात्र मुलुकलाई पारदर्शी र सुशासनयुक्त बनाउन सकिन्छ भन्ने उनको भनाइबाट अनुमान लगाउन सकिन्छ ।
https://www.facebook.com/share/p/19a9yj3ArK