टंक र अशोकको ‘मन बिनाको धन’ कात्तिक २१ मा प्रदर्शन

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा निर्माण भएको चलचित्र ‘मन बिनाको धन’ कात्कि २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा ,पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, प्रियंका झा, बिना राउत लगायतको अभिनय रहेको छ । सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ ।

सिनेमालाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाको निर्मातामा बिष्णुमाया मैनाली तथा सह–निर्मातामा जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे र कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।

चलचित्रमा टंक स्वयंको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।