‘महादशा’मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

काठमाडौं । नेपाली चलचित्र महादशा’ले आफ्ना मुख्य कलाकारको रुपमा उत्तम प्रधान र निरुता सिंहलाई भित्र्याएको छ ।

उत्तम प्रधान र निरुता सिंह स्थापित कलाकार हुन् । किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ ।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रमा प्रमोद अग्रहरि, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ ।

मनिष गौतमले लेखेको चलचित्रमा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् ।