गुलाम अलिको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

काठमाडौं । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उकै गति उनकै’सार्वजनिक गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा अन्तराष्ट्रिय नेपाली मोडल दिपक घिमिरे र बर्षा कुवँर (मिसेस ब्युटिक्वीन नेपाल २०२५’को अभिनय छ ।

केही अगाडि एक सांगीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलिले नेपाली आफ्ना नेपाली श्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा संगीतकार मिन मोक्तानले बताए ।

गीतले एक ब्यक्तिले आफुलाई मनपरेको केहीको बिषयमा आफ्नो मनमा उब्जिएको भावना ब्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ । जसमा रोमान्टिक जोडीको रुमिा दिपक र बर्षा प्रूतुत भएका छन् । मिलन मोक्ताङको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाँकन र अर्जुन खड्काको सम्पादन छ ।