सलमानले खुलाए सम्बन्ध टुट्नुको कारण, भन्छन्- पिता बन्ने इच्छा छ

काठमाडाैं । बलिउडका सुपरस्टार सलमान खान आफ्नो व्यावसायिक जीवनका साथसाथै व्यक्तिगत सम्बन्धका कारण पनि सधैं चर्चामा रहन्छन् । हालै, अभिनेता ट्विंकल खन्ना र काजोलको टक शो ‘टू मच’को पहिलो एपिसोडमा देखा परे, जहाँ उनले आफ्ना विगतका असफल सम्बन्धहरू र बुबा बन्ने आफ्नो चाहनाबारे खुलेर कुरा गरे ।
सम्बन्धमा असफलताको कारण ‘आफू नै दोषी’
सलमान खानले कट्रिना कैफ, सोमी अली, ऐश्वर्या राय, संगीता बिजलानी र युलिया वंतुरजस्ता धेरै सेलिब्रेटीहरूसँग जोडिएका थिए । शोमा उनले आफ्ना असफल सम्बन्धहरूको बारेमा बोल्दै भने, “जब एक पार्टनरले अर्को भन्दा बढी कदम चाल्छ, त्यतिबेला मतभेद सुरु हुन्छ, त्यतिबेला असुरक्षा बढ्न थाल्छ । त्यसैले, दुवै सँगै अगाडि बढ्न आवश्यक छ । दुवैले एकअर्काको बोझ कम गर्न आवश्यक छ,” उनले थपे, “यदि, कोही दोषी छ भने म दोषी छु ।”
उनले विगतमा पनि यो कुरा स्वीकार गर्दै आएका छन् । एक पुरानो टक शोमा उनले भनेका थिए, “वास्तवमा, मसँग भएका सबै जना राम्रो थिए । समस्या मसँग छ…, जब चौथो जान्छ, त्यहाँ केही शंका हुन्छ कि यो उनीहरूको गल्ती हो वा मेरो । पाँचौंसँग पनि, यो ६० देखि ४० उनले विगतमा पनि यो कुरा स्वीकार गर्दै आएका छन् । एक पुरानो टक शोमा उनले भनेका थिए, “वास्तवमा, मसँग भएका सबै जना राम्रो थिए । समस्या मसँग छ…, जब चौथो जान्छ, त्यहाँ केही शंका हुन्छ कि यो उनीहरूको गल्ती हो वा मेरो । पाँचौंसँग पनि, यो ६० देखि ४० प्रतिशत थियो । जब त्यो भन्दा बढी जान थाल्छ, उसले पुष्टि गर्छ कि यो मेरो गल्ती हो ।”
बुबा बन्ने इच्छा
५९ वर्षका अविवाहित सलमानले टक शोमा बुबा बन्ने तीव्र इच्छा पनि व्यक्त गरे । उनले भने, “बच्चा एक दिन अवश्य हुनेछ, चाँडै हुनेछ । समय आउन दिनुस् । बच्चा विस्तारै नै हुने हो ।” केही वर्षअघि उनले एक अन्तर्वार्तामा आफूलाई बच्चाको शौख रहेको तर श्रीमतीको चाहना नभएको बताएका थिए । उनी सरोगेसीको माध्यमबाट बुबा बन्ने सोचमा रहेको चर्चा छ ।
कामको कुरा गर्दा सलमान हाल “ब्याटल अफ गलवान” को छायांकन गरिरहेका छन् । उनी हालै आर्यन खानको कार्यक्रम “द ब्याड्स अफ बलिउड” मा क्यामियो उपस्थिति जनाएका थिए ।