सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’, पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली घरमै हेर्न पाइने

काठमाडौं । नेपालीहरूको महान् पर्वहरू दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ । जसमा अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरी रेशम फिलिली’ रिलिज भएका छन् ।

विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन् ।

दर्शकले यी चलचित्रहरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सक्नेछन् । साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत हेर्न सकिने बताइएको छ ।

नेपालकै प्रमुख चाडपर्व दसैँ–तिहारको माहौललाई अझ रमाइलो बनाउन गरिएको यो पहलले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।