आजबाट हलमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’, कसले मार्ला बाजी ?

काठमाडौं । दशैँ बिधालाई लक्षित गर्दै तीनवटा नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ आजबाट रिलिज भएका छन् । फूलपातीको अवसर पारेर यी चलचित्र आजबाट रिलिज भएका हुन् ।

मल्टिप्लेक्सले गरेको बाँडफाँटमा सबैभन्दा धेरै शो ‘बलिदान’ले पाएको छ । ‘बलिदान’ पनि ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले करिब उस्तै शो पाएका छन् ।

सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्समा ‘हरिबहादुरको जुत्ता’भन्दा एक शो धेरै ‘माइतीघर’ले पाएको थियो ।

‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा धिरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

यी तीनमध्ये कुन चलचित्रले बक्सफिसमा सबैभन्दा धेरै कमाउँछन् भन्ने यतिबेला सबैमा चासो छ । जसले फेमेली अडियन्स तान्छ, उसैले सबैभन्दा धेरै कमाइ गर्नेछ ।