‘कान्तारा च्याप्टर १’ले पहिलो दिनमै तहल्का मच्चाउने संकेत, अग्रिम बुकिङ कस्तो छ ?

काठमाडौं । दक्षिण भारतीय अभिनेता तथा निर्देशक ऋषभ शेट्टीको नयाँ फिल्म ‘कान्तारा : च्याप्टर १’को दर्शकहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

सन् २०२२ मा रिलिज भएको ब्लकबस्टर ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा : च्याप्टर १’ को लागि दर्शकमाझ उत्साह चरम सीमामा पुगेको छ । यो सिनेमा २ अक्टोबर २०२५ मा प्रदर्शनमा आउँदै छ ।

प्रदर्शन मिति नजिकिएसँगै भारतमा यो फिल्मको अग्रिम बुकिङ धमाधम भइरहेको छ, जसले सुरुवाती दिनमै बक्स अफिसमा तहल्का मच्चाउने संकेत दिएको छ ।

बुकिङको आँकडा: कन्नड बजारमा दबदबा

‘कान्तारा : च्याप्टर १’को कन्नड भाषी क्षेत्रहरूमा सबैभन्दा धेरै टिकटहरू बिक्री भएका छन् । सैकनिल्कको तथ्यांक अनुसार यो फिल्मले कन्नड़मा १०४९२७ टिकट बिक्री गर्दा कमाइ ३९९९१३३५ भारतीय रुपैयाँ गरेको छ । भारतभर १०५१०१ टिकट बिक्री गरिसकेको छ, जसको कुल मूल्य ४००२७१८५ करोड भारतीय रुपैयाँ पुगेको छ । यो बिक्री १,३८९ शोका लागि भएको हो ।

बक्स अफिसमा ‘सनी संस्कार की तुलसी कुमारी’ सँग भिडन्त

सेन्सर बोर्डबाट अनुमति पाइसकेको ‘कान्तारा : च्याप्टर १’लाई लिएर सबैको नजर यसको बक्स अफिस प्रदर्शनमा छ । यसले सोही दिन रिलिज हुने वरुण धवन र जान्हवी कपूर अभिनित ‘सनी संस्कार की तुलसी कुमारी’ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यी दुई फिल्मबीचको भिडन्तले बक्स अफिसमा कसले बाजी मार्छ, त्यो हेर्न निकै रोचक हुनेछ ।

१२५ करोड भारु अनुमान गरिएको ‘कान्तारा : च्याप्टर १’ पञ्जुर्ली दैवाको कथामा केन्द्रित हुनेछ । यसअघि कान्तारामा पञ्जुर्ली र गुलिया नामका दुई देवताको उल्लेख छ । फिल्मले कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने दैव कोला प्रथालाई पनि चित्रण गरेको छ ।

यस फिल्ममा ऋषभ शेट्टी आफैं मुख्य भूमिकामा छन् । उनलाई गुलशन देवैया, रुक्मिणी वसन्त, जयराम र प्रमोद शेट्टी जस्ता कलाकारहरूले साथ दिएका छन् । २०२२ को ‘कान्तारा’को सफलतापछि यो प्रिक्वेलले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।