‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’लाई दर्शकको साथ

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले दर्शकको साथ पाएका छन् । आजबाट रिलिजमा आएका यी चलचित्रले दर्शकको उल्लेख्य साथ पाएका हुन् ।
बिहानैबाट दर्शकको उल्लेख्य चाप हलमा रहेको निर्माणपक्षले जनाएका छन् । सिनेमा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेका छन् ।
“हरिबहादुरको जुत्तामा दर्शकको उल्लेख्य अकुपेन्सी छ । कतिपय शो बिहानैबाट हाउसफूल छन्,” हरिबहादुरको जुत्ताका निर्देशक दीपेन्द्र के खनालले भने “सिनेमा हेर्ने दर्शकले चलचित्र मन पराराउनु भएको छ । वर्ड अफ माउथ राम्रो रहेको छ ।”
‘माइतीघर’का निर्माता रोहित अधिकारीले आफ्नो चलचित्रलाई दर्शकले प्रशंसा गरिरहेको बताएका छन् । “सिनेमा हाउसफूल छ । हाउसफूल नभएका शोमा पनि अकुपेन्सी उच्च छ,” रोहितले भने, “हामीले जस्तो अपेक्षा गरेका थियौँ, त्यस्तै भइरहेको छ । हाम्रो चलचित्रले दर्शकको मन जितेको छ ।”
यी दुबै चलचित्र आजबाट रिलिज भएका हुन् । आजैबाट ‘बलिदान’ पनि रिलिज भएको छ । यो सिनेमामा पनि दर्शकको साथ रहेको भन्दै निर्माणपक्षले हाउसफूले शो भन्दै स्क्रिनसट सेयर गरिरहेको छ ।
‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा धिरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।
‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।