कस्ताे छ माइतीघरकाे प्रदर्शन

नेपालगञ्ज । फिल्म माइतीघरले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ । 

यसैबीच, मंगलबार यो फिल्मले नेपालगञ्जमा राम्राे व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सातवटै शो हाउसफुल भएका छन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।