दीपकले अमेरिकाबाटै लक गरे अर्को वर्षको दशैँ

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो चलचित्र अर्को वर्षको दसैँमा रिलिज हुने बताएका छन् । उनले अमेरिकाबाट आउँदो दसैँका लागि रिलिज लक गरेका हुन् ।

दीपकसहितको टिम अहिले कार्यक्रमको शिलशिलामा अमेरिकामा छ । त्यहीँबाट उनले आगामी दसैँका आफ्नो टिमको चलचित्र आउने बताएका हुन् ।

“देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बीच दशैँ सोचेजस्तो पक्कै भएन होला । हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौँ,” दीपकले फेसबुमा लेखेका छन्, “तै पनि, दशैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनु भएको मायाँका लागि धेरै धेरै धन्यवाद ! अर्को साल दशैँमा भेटौँला ।”

दीपकले गतवर्षको दसैँमा ‘छक्का पञ्जा–५’ रिलिज भएको थियो । त्यसयता उनका चलचित्र रिलिज भएका छैनन् ।

दीपकले आफ्नै टिमको चलचित्र ‘छक्का पञ्जा’कै सिरिज बनाउने तयारी गरेका छन् । ‘छक्का पञ्जा–६’को छायांकन सम्भव भए तिहारपछि नभए फागुनमा जाने बताइएको छ ।