विजयले खोले ‘वरिष्ठ बलराम’को ‘बलराम’को रहस्य

काठमाडौं । अभिनेता विजय बरालले चलचित्र ‘वरिष्ठ बलराम’को ‘बलराम’को रहस्य खोलेका छन् । यो चलचित्रको ‘बलराम’को हो, जसका नामबाट सिनेमाको नाम रह्यो भन्ने रहस्य विजयले खोलेका हुन् ।
सिनेमाका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालको टकराबमा आफू बले पात्रका रूपमा रहेको विजयले बताएका छन् ।
“सिनेमाको नाम कसको नाममा रह्यो ? कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि अथवा ट्रेलरमा पनि थाहा होला,” विजय भन्छन्, “तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।”
स्थापित भइसकेको समाजको एक व्यक्ति र उदाउँदो चरणमा रहेको व्यक्तिबीचको संघर्ष यो चलचित्रमा रहेको उनले बताएका छन् । को वरिष्ठ भन्ने टकराब यी दुई पात्रका बीचमा रहेको विजयले प्रष्ट पारेका छन् ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।