कता हराए विपीन ? चलचित्र पाउन छोडे कि धेरै काम गर्दैनन् ?

काठमाडौं । अभिनेता विपीन कार्कीको चलचित्र रिलिज नभएको थुप्रै भयो । अब्बल अभिनयको छवि बनाएका विपीनको चलचित्र नआएको पाँच महिना भइसकेको छ ।
वैशाख २६ गते ‘ऊनको स्वीटर’ रिलिज भएयता उनका कुनै पनि चलचित्र रिलिज भएका छैनन् । ‘ऊनको स्वीटर’को भने ब्लकबस्टर भएको थियो । प्रदर्शनको ५१औँ दिन मनाएको यो चलचित्रको मुख्य भूमिकामा विपीन थिए । उनको अपोजिटमा मिरुना मगर थिइन् ।
त्यसअघि विपीनको मुख्य भूमिका रहेको ‘कर्मा’ चैत २९ मा रिलिज भएको थियो ।
विपीनका वर्षमा बग्रेल्ती चलचित्र गर्नेभन्दा पनि मोटो पारिश्रमिक लिने तर थोरै चलचित्रमा काम गर्छन् । आफ्नो क्यारेक्टरमा लामो समय मेहनत गरे काम गर्ने अभिनेताका पर्छन् ।
त्यसैले बजारमा राम्रो डिमान्ड भए पनि उनी धेरै चलचित्र गर्दैनन् । यतिबेला उनको चलचित्र ‘काजी’ फ्लोरमा छ । चलचित्र ‘पहाड’को छायांकन सकिसकेको छ ।
त्यसैले विपीनको चलचित्र हेर्न दर्शकले केही समय अझै कुर्नुपर्ने भएको छ । बाक्लै अफर आए पनि चलचित्र साइन गर्न नहतारिने विपीनका सिनेमा पनि त्यसैगरी हलमा सुस्तरी आउने गरेका छन् ।