बनेपामा निर्माण हुने चलचित्रको स्टुडियोका लागि सरकारले तीन करोड अनुदान दिने
काठमाडौं । सरकारले बनेपामा निर्माण चलचित्रको इनडोर स्टुडियोका लागि तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
बनेपामा निर्माण हुँदै गरेको सिनेमा छायांकनको अत्याधुनिक सुविधा सम्पन्न इनडोर ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको हो ।
शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डबीच उक्त विषयमा सम्झौता हस्ताक्षर र पत्र आदानप्रदान कार्यक्रम भएको छ ।
कार्यक्रममा मन्त्रालयका कर्मचारीसहित बोर्डका अधिकृतद्वय प्रभाकर भट्टराई र गिरिश शर्मा पनि उपस्थित थिए ।
गत वैैशाख ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलेस्टुडियो निर्माण कार्य सुरु गरेको उद्घोष गरेका थिए ।
४२ रोपनी क्षेत्रफलमा बन्न लागेको इनडोर स्टुडियोको यसअघि नै ठेक्का स्वीकृत भइसकेको छ ।
स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले पाएको बोर्डले जनाएको छ । स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ बजेटमा बन्नेछ ।



