निर्माता पौडेलले संकेत गरे चलचित्र ‘रोल नंं. १’को कथाको सेन्ट्रल पोइन्ट

काठमाडौं । निर्माता विनोद पौडेलले चलचित्र ‘रोल नंं. १’ को कथा संकेत गरेका छन् । भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने दबाब यो चलचित्रको कथा रहेको उनले संकेत गरेका छन् ।
सबैलाई जित्नै पर्ने र नजिते इज्जत नै हुँदैन भन्ने मनोविज्ञानले सानासाना विद्यार्थीलाई दिइने दबाब सिनेमाको कथा रहेको उनले संकेत गरेका छन् ।
“सबैलाई नजिते, इज्जतै पाउँदैन रे । गन्तीमै आउँदैन रे । अरु सबै मुर्ख अरे एउटै विद्वान,” विनोद लेख्छन्, “रोल न. वान… रोल न. वान…. रोल न. वान ।”
कक्षमा जित्ने मात्रै विद्वान अरु मुर्ख हुन भन्ने भ्रम सिनेमाले चिर्ने प्रयास गर्ने उनको संकेत छ ।
गत वर्ष नै ‘रोल नंं. १’ निर्माणको घोषणा गरिएको थियो । चलचित्रको फर्स्टलुक पनि सार्वजनिक गरिएको थियो ।
यो चलचित्र बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र निर्माण हुनेछ । सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी छ । नजिकै एक शिक्षिका थिए ।
निर्माता पौडेलले चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहेको उनले सिनेमा घोषणा गर्दा बताएका थिए । कलाकारका बारेमा निर्माणपक्षले हालसम्म कुनै जानकारी दिएको छैन ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
निर्माता पौडेल अहिले उनको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छन् ।