रुचाइयो ‘वरिष्ठ बलराम’को ट्रेलर

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । तीन दिनमा ट्रेलरले १२ लाखभन्दा माथि भ्युज पाएको छ ।

गीत ‘न्यौली बनैमा’ले राम्रो प्रतिक्रिया पाइरहेका बेला ट्रेलरलाई पनि दर्शकले मन पराइदिएका हुन् । दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले मन पराएको पाइएको छ ।

दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गरिरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर आफ्नो अधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराबलाई रुचाएको पाइएको छ ।

‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ले दुई हप्तामा युट्युबमा ४६ लाखभन्दा माथि भ्युज पाएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।