‘सोल्टिनी’को ट्रेलरमा परम्परागत शोच र त्यसविरुद्धको विद्रोह

काठमाडौं । चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक भएको छ । प्रकाश सपूत र परीक्षा लिम्बूको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
कात्तिक ६ गते रिलिज हुने चलचित्रको ट्रेलरमा प्रेम, अवरोध र विद्रोह छ । दुई युवायुवतीको प्रेममा जातीय कारण देखाउँदै परिवारले गरेको अवरोधका कारण भएको विद्रोह ट्रेलरमा समावेश छ ।
ट्रेलरमा प्रकाश र परीक्षाबीचको प्रेम, कठोर साजिक बन्धन र त्यसलाई चिर्न खोज्ने प्रयास छ । गैरजातीभन्दा पनि आफ्नै जात सुहाउँदोसँग विवाह गर्नुपर्छ भन्ने परम्परागत मान्यता र त्यसको विरुद्धमा गएर गरिएको निर्णयको वरिपरि ट्रेलर घुमेको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रको ट्रेलरमा ग्रामीण जीवनशैली, सामाजिक संघर्ष र भावनात्मक प्रेमकथालाई चित्रण गरिएको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारीमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ले रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरेका छन् ।
निर्देशक सुवेदीको कथा पटकथा र कुमार भट्टराईको लेखनमा तयार भएको चलचित्रको मुख्य आकर्षण भनेकै दुई पात्रबीचको गहिरो प्रेमकथा रहेको उल्लेख गरिएको छ ।
चलचित्रका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ भने छायांकन सुशन प्रजापतिले गरेका हुन् ।
रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको चलचित्रमा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह–निर्मातामा छन् । यस चलचित्रलाई नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ ।