मुस्ताङबाट ‘कबड्डी ५’को छायांकन सुरु, रिस्माको पुनः इन्ट्री

काठमाडौं । चलचित्र ‘कबड्डी ५’को छायांकन सुरु भएको छ । मुस्ताङमा आजबाट यो चलचित्रको छायांकन सुरु भएको हो ।

निर्देश र अधिकांश कलाकारसहितको निर्माण टिम आइतबार मुस्ताङ पुगेको थियो । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिम्मा गुरुङलगायत कलाकार छन् । ‘कबड्डी २’ सम्म रहे पनि ३ र ४ मा छुटेकी रिस्मा पुनः ५ मा जोडिएकी हुन् ।

‘कबड्डी ५’मा अर्की एक हिरोइन पनि मुख्य भूमिकामा नै भित्रिएको स्रोतले बताएको छ । तर, को हुन् खुलाइएको छैन ।

छायांकन सुरु हुन केही साताअघि निर्माण पक्षले कास्टिङ कल गरेको थियो । आठजना महिला–पुरुष पात्रसहित १६ कलाकारको लागि आवेदन आह्वान गरिएको थियो ।

मुस्ताङमा करिब एक महिना छायांकन गरेपछि बाँकी छायांकन गर्नै टिम काठमाडौं फर्किनेछ । ‘कबड्डी’का चारै सिरिजले घरेलु बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए ।