चलचित्र ‘श्रीस्वस्थानी’को नाममा रहेको यो रेकर्ड

काठमाडौं । वि.सं २०५० को दशकको सुरुमा बनेको चलचित्र ‘श्रीस्वस्थानी’को नाममा पनि एउटा रेकर्ड छ । यादव खरेलले निर्देशन गरेको यो चलचित्रका नाममा धार्मिक चलचित्रको रेकर्ड छ ।

श्रीस्वस्थानी नेपाली चलचित्र इतिहासको पहिलो पौराणिक चलचित्र हो । यो चलचित्र स्वस्थानी ब्रतकथाको धार्मिक कथामा आधारित छ । यसअघि नेपालमा धार्मिक तथा पौराणिक चलचित्र बनेका थिएनन् । त्यसयता पनि नेपालमा पौराणिक चलचित्र बनेका छैनन् ।

यो चलचित्रले नेपाली समाजमा गहिरो धार्मिक र सांस्कृतिक प्रभाव पारेको छ । जो हिन्दू धर्म मान्छन्, र पौराणिक कुरामा आस्था राख्छन्, उनीहरूका लागि विशेष महत्व र प्रभाव राख्ने चलचित्र हो यो ।

चलचित्रमा अभिनेत्री जल शाहले श्री स्वस्थानीको भूमिका निर्वाह गरेकी थिइन् । उनले यो सिनेमामा गरेको कामको त्यस समयम गज्जव तारिफ बटुलेको थियो ।

‘श्रीस्वस्थानी’मा महादेवको भूमिका अभिनेता राकेश खड्का छन् । शिव ब्राम्हणको भूमिका उमेश मायालु, भगवान विष्णुको भूमिका रघु गौतम, पार्वतीको भूमिकामा अभिनेत्री पुजा चन्दले अभिनय गरेकी छन् ।

नेपालमा पौराणिक कथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने पहिलो चलचित्र ‘श्रीस्वस्थानी’ वि.स. २०५२ पुस ३० गते प्रदर्शन भएको थियो ।

नेपाली चलचित्र उद्योगमो फरकफरक जनरामा काम गर्ने निर्देशक हुन्, यादव खरेल । ‘आदिकवि भानुभक्त’ पनि उनले नै निर्देशन गरेको चलचित्र हो । ‘आदिकवि भानुभक्त’ नेपालको पहिलो बायोपिक हो ।