सांगितीक प्रस्तुतिका लागि अमेरिका उडे दुर्गेश थापा

काठमाडौं । चर्चित गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगितिक प्रस्तुतिका लागि मंगलबार अमेरिका प्रस्थान गरेका छन् ।

उनी अमेरिकाका विभिन्न ११ शहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनका मंगलबार साँझ प्रस्थान गरेका हुन् । 

दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।

त्यो बीचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।