‘मोनालिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोनालिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो ।

दक्षिण भारतका केही निर्माताको सहकार्यमा नेपालमै निर्माण हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ ।

हिन्दी र नेपाली दुवै भाषामा निर्माण हुने यस फिल्ममा साङ्गीतिक पक्ष पनि दुवै भाषामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् ।

सार्वजनिक गरिएको थिम क्यारेक्टर पोस्टरले फिल्मका मुख्य भूमिकाहरूलाई चित्रण गरेको छ । पोस्टरबाटै फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत मिलेको छ ।