चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोलाई स्पर्शकाे प्रयास

काठमाडौं । चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक गरिएको छ । यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ । गीतमा संगीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन् ।
गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन् । भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ । भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ ।
‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको चलचित्र हो । यसको निर्देशन उदिप राणा थापाले गरेका हुन् ।