आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’

काठमाडौं । विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ ।
कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
कार्यक्रमको ‘होस्ट’को रूपमा महानायक राजेश हमाल रहेका छन् भने शोको परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन् ।
निर्देशक कँडेलका अनुसार, शोको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्याउने हो ।