चलचित्र ‘प्रकाश’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ युट्युबमा रिलिज भएको छ ।

दिनेश राउत निर्देशित ‘प्रकाश’मा प्रदीप खड्का मुख्य भूमिकामा छन् । नेपाली चलचित्र उद्योगमा कमर्सियल चलचित्रमा मात्रै अभिनय गर्दै आएका प्रदीपले यो चलचित्रबाट क्यारेक्टर अभिनय सुरु गरेका थिए ।

प्रकाशमा प्रदीपसँगै मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । महेन्द्र अधिकारी यो चलचित्रका निर्माता हुन् । ‘प्रकाश’ले राम्रो समीक्षा पाएको थियो ।