दुई सयभन्दा बढी शो सहित आजबाट अनमोलको ‘जेरी अन टप’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘जेरी अन टप’ आजबाट रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
यो चलचित्रले देशभर गरेर पहिलो दिन दुई सयभन्दा माथि शो पाएको छ । लभस्टोरी सिनेमा ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ९माग्नेबुढा०, भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।
चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिनाको छ ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रमा कथा हेमराज बिसीको छ ।
अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । छायांकन दुलिप रेग्मीको छ ।