शोभित बस्नेतको चलचित्र ‘पीआर’ को प्रदर्शन मिति घोषणा
काठमाडौं । चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण टिमले आईतवार आउँदो मंसिर २६ गतेलाई प्रदर्शन तोकेको हो ।
यो चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो ।
चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्।
गणेश बुद्धाथोकीको लेखन रहेको चलचित्र ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ ।
साैरव मानन्धर र साैरव लामाले खिचेको चलचित्रमा बन्दे प्रसादको सम्पादन, राम्जी लामिछानेको कोरियोग्राफी, मानस राज र भिम बि सिको संगीत रहेको छ ।
निर्देशक बस्नेतले यो चलचित्रमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताए । उनले भने,‘‘पीआर’लाई “नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष”का रूपमा दर्शकसामु ल्याउन लागेको छौँ । सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु।’
चलचित्रलाई आर आर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।


