‘जेरी अन टप’का लागि आँचलले छोडेकी थिइन् ५ वटा चलचित्र
काठमाडौं । दुई दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको भनिएको चलचित्र ‘जेरी अन टप’मा अनमोल केसीसँगै नायिकाद्वय आँचल शर्मा र जसिता गुरुङ छन् ।
दर्शकले चलचित्रका कलाकारले राम्रो अभिनय गरेको भनेर तारिफ गरिरहेका छन् । दर्शकको तारिफ गरेसँगै चलचित्रको व्यापार पनि राम्रो भइरहेको छ ।
यो चलचित्र ‘जेरी अन टप’मा बोल्ड एण्ड ब्युटी देखिएकी र अनमोलको ड्रिम पूरा गर्न उसलाई थाहा नदिई सहयोग गरिरहने आँचलले ‘जेरी अन टप’का लागि ठूलै कम्प्रमाइज गरेकी थिइन् ।
उनले यो चलचित्रका लागि घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘पिताम्बर’ छोडेका थिइन् । यस्तै आँचलले अर्को चलचित्र ‘हर्ष’ पनि छोडेकी थिइन् ।
‘राम नाम सत्य’ पनि यही चलचित्रका लागि छोडेको उनले आर्टखबरसँग बताएकी थिइन् । यी बाहेक अन्य दुई चलचित्रका लागि आएको अफर पनि अस्वीकार गरेकी थिइन् ।
‘जेरी अन टप’लाई समय दिनुपर्ने भएपछि उनले समय अभावका कारण यी पाँचवटा चलचित्र अस्वीकार गरेकी थिइन् । आँचलले पाँचवटा चलचित्र छोडेर ‘जेरी अन टप’का लागि गरेको मेहनतको भने दर्शकले तारिफ गरेका छन् ।
चलचित्र ‘जेरी अन टप’ले पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार र दोस्रो दिन ८६ लाख ३८ हजार ग्रसकलेक्सन गरेको छ । दुई दिनमा एक करोड ५८ लाख ९७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता सरोज न्यौपानेले बताएका छन् ।
तिहारको अवसर पारेर गत शुक्रबारबाट रिलिज भएको चलचित्रलाई राम्रो वर्ड अफ माउथ मिलेको छ ।
‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङसँगै यो चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बूढा), भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त लगातयका कलाकारको अभिनय छ । अनमोल र भुवन यो सिनेमामा बाउछोराका भूमिकामा छन् । उनीहरू एउटै चलचित्रमा काम गरेको यो पहिलो चलचित्र हो ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ । चलचित्रको कथा हेमराज बिसीको हो ।
यो पनि
चलचित्र ‘हर्ष’को शुभमुहूर्त: घोषणा गर्दा आँचल, छायाकंन सुरु हुदाँ वर्षा



