‘जेरी अन टप’लाई क्यूएफएक्सको सुपरहिटको ट्याग
काठमाडौं । अनमोल केसी स्टारर चलचित्र जेरी अन टप’लाई क्यूएफएक्सले सुपरहिट सिनेमाको संज्ञा दिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘जेरी अन टप’लाई सुपरहिट घोषणा गरेको हो ।
आफ्नो अफिसियल वेबसाइटमा क्यूएफएक्सले ‘जेरी अन टप’लाई सुपरहिट भनेर लेखेको छ ।
अनमोल केसी मुख्य भूमिकामा रहेको यो चलचित्रले पहिलो दिनदेखि नै आक्रामक व्यापार गरिरहेको छ । असोज ३१ गते रिलिज भएको चिलचित्रमा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ भुवन केसी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।
यो सिनेमाले वर्ड अफ माउथ राम्रो पाएको छ । अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो ।
अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।



