‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजबाट प्रदर्शन
काठमाडौं । आजबाट दुईवटा चलचित्र रिलिज भएका छन् । भाइटीकाको अवसर पारेर ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज भएका हुन् ।
‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशन बनेको चलचित्र हो । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी मुख्य भूमिकामा छन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
चलचित्र ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।
चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ ।
यस चलचित्रको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन् ।



