फ्राइडे रिलिजमा ‘मैझारो’, आजबाट हलमा
काठमाडौं । विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मैझारो’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
चलचित्रको मुख्य भूमिकामा धिरज मगर, मिरुना मगर, दिया पुन छन् । दयाहाङ राई विशेष भूमिकामा छन् । निर्देशक विल्सन आफैँले पनि अभिनय गरेका छन् । निर्देशक राईकै कथा रहेको यो चलचित्रमा पूर्वको इलाम पाँचथर आसपासमा खिचिएको छ ।
तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा धिरज, मिरुना, दिया, विल्सन र दयाहाङसँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ । सौरभ लामाले छायांकन गरेको चलचित्रको वितरण आरआर फिल्मसले गरेको छ ।


