ओएसआर डिजिटलका एक करोड सब्स्क्राइबर

काठमाडौं । नेपाली डिजिटल बजारमा अग्रणी मानिने ओएसआर डिजिटल युट्युब च्यानलले एक करोड (१० मिलियन) सब्स्क्राइबर प्राप्त गरेको छ । व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये एक करोड सब्स्क्राइबर पार गर्ने ओएसआर च्यानल बनेको छ ।

यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको छ । प्रबन्ध निर्देशक ओम अग्रवालले एक करोड सब्स्क्राइबर पुगेको अवसरमा दर्शक, कलाकार, संगीतकर्मी र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

उनका अनुसार भिसिडी र डिभिडीबाट सुरु भएको मनोरञ्जन यात्रा युट्युबमा आएको यो चरणसम्म पुग्न धेरै चुनौतीका बाबजुद प्रेरणादायी बन्न सफल एको उनले बताए । “तपाईंहरूले हेरेको हरेक भ्युज, लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो,” अग्रवालले भने, “दर्शकको साथले यस सपनालाई आज यति ठूलो परिवार बनाइदिएको छ ।”